बस दुर्घटनामा २३ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गएराति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए ।
घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताए ।
उनका अनुसार घाइते सुर्खेत वीरेन्द्रनगर–१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका–९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका–२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका– १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो ।
ताजा अपडेट
-
नेपाल एसबिआई बैंकलाई ठगी गरेको आरोपमा व्यवसायी पक्राउ
-
बुहारी भित्राउन विप्लवलाई चटारो: होटलमा इन्गेजमेन्ट, पार्टी कार्यालयमा विवाह, ब्यांक्विटमा पार्टी
-
हेटौंडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
रेबिजबारे व्याप्त यी भ्रम जसले मानिसको ज्यान गइरहेको छ
-
‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
प्रतिक्रिया