सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित, नयाँ टिम पनि घोषणा
काठमाडौं । सी जिनपिङ चिनियाँ राष्ट्रपतिको तेस्रो कार्यकालका लागि अनुमोदित भएका छन् । साथै उनले नयाँ टिमसमेत घोषणा गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न अधिवेशनले सीलाई महासचिवमा निर्वाचित गरेको थियो । चीनमा कम्युनिस्ट पार्टीको महासचिव निर्वाचित व्यक्ति नै राष्ट्रपति र सेना प्रमुख हुने प्रचलन छ ।
अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।
एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् ।
यसअघि चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि तेस्रो पटक कुनै नेता सत्तामा आउन सकेका थिएनन् ।
त्यसो त, सन् १९८० पछि चीनमा सर्वोच्च पदमा १० वर्षको कार्यकाल कायम गरिएको थियो । तर जिनपिङलाई थप पाँच वर्ष सत्तामा राख्न यो नियम हटाइयो ।
तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका सीले नयाँ टिमसमेत घोषणा गरेका छन् ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया