हिरासतमा रहेका सन्दीप लामिछानेमाथि फेरि दुई दिन म्याद थप
काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि दुई दिनको समय थप गरेको छ । प्रहरीलाई अनुसन्धानका लागि अदालतले दुई दिनको थप समय दिएको हो ।
यस अघि उनीमाथिको अनुसन्धानको लागि चार दिनको समय दिइएको थियो । यस अघि दुई पटक सात सात दिन, अर्कोपटक चार दिनको म्याद थप गरी प्रहरीले सन्दीपमाथिको अनुसन्धान अघि बढाएको थियो ।
एक नाबालिक किशोरीले सन्दीपबाट आफू बलात्कृत भएको भन्दै २१ भदौमा गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । ५ भदौमा सन्दीपले नगरकोट घुमाएको र राति काठमाडौंको गौशालास्थित एक होटमा आफूमाथि सन्दीपले जबर्जस्ती बलात्कार गरेको आरोप ती किशोरीले लगाएकी थिइन् ।
तर सन्दीप ६ भदौमा क्रिकेट खेल्न केन्या पुगेका थिए । उतैबाट क्यारेबियन लिग खेल्न वेस्ट इण्डिजका देश पुगेका थिए । यही बेला सन्दीपमाथि बलात्कारको आरोप लागेको थियो । तर आरोप लागेको एक महिनामा २० असोजमा सन्दीप नेपाल फर्किएका थिए । उनी अहिले पनि प्रहरीको हिरासतमा छन् ।
अब प्रहरीले संकलन गरेको प्रमाणसहितका आधारमा सरकारी वकिल कार्यालयले सन्दीपविरुद्ध अदालतमा मुद्दा दायर गर्नेछ । उनीमाथि मुद्दा दायर भएपछि मुद्दा हिरासतमै बसेर लड्ने कि बाहिर बसेर भन्ने टुंगो लाग्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया