आयरल्याण्डमाथि श्रीलंकाको सहज जित
काठमाडौं । १२९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले आयरल्याण्डविरुद्ध सहज जित हात पारेको छ । टी २० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा श्रीलंकाले आयरविरुद्धविरुद्ध ३० बल खेल्नु अगावै ९ विकेटको जित हात पारेको छ ।
सुपर १२ को ग्रुप १ मा जित निकाल्ने क्रममा श्रीलंका सहजै विजयी भएको हो । सजहै टिमलाई जित दिलाउन कुशल मेन्डिसले ४३ बलमा ६८ रन बनाए । धनञ्जय डि सिल्भा र चरियाथ अशलांकले ३१ रन नै बनाए ।
यस अघि यही ग्रुपबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड विजयी भइसकेका छन् । तीन टिमले पहिलो खेल जितेकोमा श्रीलंका रनरेटका आधारमा न्युजिल्याण्डपछि दोस्रो स्थानमा छ । इंग्ल्याण्ड तेस्रोमा छ । ६ मध्ये चार टोली अर्को चरणमा जानेछन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया