आयरल्याण्डमाथि श्रीलंकाको सहज जित
काठमाडौं । १२९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले आयरल्याण्डविरुद्ध सहज जित हात पारेको छ । टी २० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा श्रीलंकाले आयरविरुद्धविरुद्ध ३० बल खेल्नु अगावै ९ विकेटको जित हात पारेको छ ।
सुपर १२ को ग्रुप १ मा जित निकाल्ने क्रममा श्रीलंका सहजै विजयी भएको हो । सजहै टिमलाई जित दिलाउन कुशल मेन्डिसले ४३ बलमा ६८ रन बनाए । धनञ्जय डि सिल्भा र चरियाथ अशलांकले ३१ रन नै बनाए ।
यस अघि यही ग्रुपबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड विजयी भइसकेका छन् । तीन टिमले पहिलो खेल जितेकोमा श्रीलंका रनरेटका आधारमा न्युजिल्याण्डपछि दोस्रो स्थानमा छ । इंग्ल्याण्ड तेस्रोमा छ । ६ मध्ये चार टोली अर्को चरणमा जानेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया