नाटकीय खेलमा पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित
काठमाडौं । टी २० विश्वकपकाे सुपर १२ काे खेलमा भारतले पाकिस्तानविरुद्ध अन्तिम बलमा रोमाञ्चक जित दर्ता गरेको छ ।
१६० रनको लक्ष्य पछ्याएको भारतले अन्तिम ओभरको अन्तिम बलसम्म पनि संघर्ष गर्दै पाकिस्तानविरुद्ध ४ विकेटको रोमाञ्चक जित निकालेको हो ।
अन्तिम ओभरमा १६ रन चाहिएकोमा भारतले नाटकीय १६ रन नै बनायो । नो बल र एक्ट्रा बलले पाकिस्तानले जितेको कट्टर प्रतिद्वन्द्वीविरुद्ध पाकिस्तानले जितेको खेल गुमायो ।
विराट कोहहलीले भारतका लागि ५३ बलमा ८२ रन बनाए ।
अन्तिम तीन ओभरमा भारतलाई जितको लागि ३६ रन चाहिएको थियो । १८ औं ओभरमा १७, १९ औं ओभरमा १५ रन बनाएपछि भारतले जितको आशा जीवित राख्यो । विराट कोहली र हार्दिक पाण्ड्याले जमेर खेल्दा भारत जितनजिक पुगेको हो ।
तर पनि अन्तिम ओभरमा चुनौतीपूर्ण १६ रन भारतलाई आवश्यक थियो ।
पहिलो बलमै महम्मद नवाजले हार्दिक पाण्ड्याको विकेट लिए ।
दोस्रो बलमा दिनेश कार्तिकले एक रन लिएर विराटलाई स्ट्राइक दिए । तेस्रो बलमा कोहलीले दुई रन जोडे । चौथो बलमा विराटले छक्का हाने यो बल नोबल हुन पुग्यो । जसमा सात रन आयो । लगत्तकै बल फेरि नवाजले वाइड फ्याँके । त्यही वाइडको एक्ट्रा बलमा बाइबाट तीन रन आयो ।
पाँचौ बलमा दिनेश कार्तिक स्टम्पिङ हुँदा आउट भए । जसले खेलमा अझै रोमाञ्चकता थप्यो । अझै पनि खेल पाकिस्तानबाट फुत्किसकेको थिएन । अन्तिम बल खेल्न रविचन्द्रन आश्विन आए ।
अन्तिम बलमा पनि नवाजले बाइड फ्याँके । जसले खेल बराबरी गराएको थियो । तर वाइडको अन्तिम बल भारतले खेल्ने बाँकी थियो । यही बलमा आश्विनले एक रन लिएपछि भारतले कट्टर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध रोमाञ्चक जित हात पार्यो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया