होटल, रेस्टुरेन्टले मेनुमा उल्लेख भएको रकममा भ्याट जोड्न नपाउने
काठमाडौं । होटल, रेस्टुरेन्टले ग्राहकलाई मेनुमा उल्लेख गरेको रकममा भ्याट जोड्न नपाउने भएका छन् । यसअघि सर्वोच्च अदालतले होटल तथा रेस्टुरेन्टले सेवा शुल्क लिन नपाउने फैसला गरेको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै मेनुमा उल्लेख शुल्कमा भ्याट जोड्न नपाइने जनाएको छ ।
‘मेनुमा उपभोक्ताको मूल्य उल्लेख गर्दा कम रकम उल्लेख गर्ने र बिजक जारी गर्दा मेनुमा उल्लिखित रकममा थप शुल्क तथा कर रकमसहितको बिजक जारी गर्नु उपभोक्ता संरक्षण ऐन, २०७५ तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को व्यवस्था विरोधी कार्य हो,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।
होटल, रेस्टुरेन्ट व्यवसायीसँग छलफल गरेर विभागले यसबारे निर्देशन पनि दिएको छ । विभागका अनुसार, यो निर्देशनको पालना नगरेमा कानूनअनुसार कारबाही हुनेछ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया