NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेदरल्याण्डसविरुद्ध बंगलादेशको जित

काठमाडौं । टी २० विश्वकपको सुपर १२ को खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । पहिलो खेल खेलेकाे बंगलादेशले नेदरल्याण्डलाई ९ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गर्दै बंगलादेशले नेदरल्याण्डसलाई १४५ रनको मध्यम लक्ष्य दिएको थियो । तर १५ रनमै चार महत्वपूर्ण विकेट गुमाएपछि नेदरल्याण्डसले सहज चुनौती नजिक पुगेर पनि जित हात पार्न सकेन ।

अन्तिम ओभरको अन्तिम बलसम्म पनि जितका लागि नेदरल्याण्डसले फाइट गरेको थियो । तर ९ रनले पराजित हुन पुग्यो ।
बंगलादेशलाई जिताउन टस्किन अहमेदले चार र हसन मुहमुदले २ विकेट लिए ।

नेदरल्याण्डसका लागि कोलिन अकरम्यानले ६२ रनको महत्वपूर्ण पारी खेले । पाउल भान मिकिरिनले अन्तिमतिर १४ बलमा २४ रन बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । अन्तिम बलमा उनी आउट हुन पुगे ।

स्कट इडवार्डले १६ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा नेदरल्याण्डस् जित्नबाट चुक्यो ।

अघिल्लो दिन भारतले ग्रुप बीको खेलमा पाकिस्तानविरुद्ध रोमाञ्चक जित दर्ता गरेको थियो । यसै समूहमा पहिलो खेल जितेपछि बंगलादेशले भारतलाई रनरेटमा जितेर पहिलो स्थानमा पुगेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष