नेदरल्याण्डसविरुद्ध बंगलादेशको जित
काठमाडौं । टी २० विश्वकपको सुपर १२ को खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । पहिलो खेल खेलेकाे बंगलादेशले नेदरल्याण्डलाई ९ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गर्दै बंगलादेशले नेदरल्याण्डसलाई १४५ रनको मध्यम लक्ष्य दिएको थियो । तर १५ रनमै चार महत्वपूर्ण विकेट गुमाएपछि नेदरल्याण्डसले सहज चुनौती नजिक पुगेर पनि जित हात पार्न सकेन ।
अन्तिम ओभरको अन्तिम बलसम्म पनि जितका लागि नेदरल्याण्डसले फाइट गरेको थियो । तर ९ रनले पराजित हुन पुग्यो ।
बंगलादेशलाई जिताउन टस्किन अहमेदले चार र हसन मुहमुदले २ विकेट लिए ।
नेदरल्याण्डसका लागि कोलिन अकरम्यानले ६२ रनको महत्वपूर्ण पारी खेले । पाउल भान मिकिरिनले अन्तिमतिर १४ बलमा २४ रन बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । अन्तिम बलमा उनी आउट हुन पुगे ।
स्कट इडवार्डले १६ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा नेदरल्याण्डस् जित्नबाट चुक्यो ।
अघिल्लो दिन भारतले ग्रुप बीको खेलमा पाकिस्तानविरुद्ध रोमाञ्चक जित दर्ता गरेको थियो । यसै समूहमा पहिलो खेल जितेपछि बंगलादेशले भारतलाई रनरेटमा जितेर पहिलो स्थानमा पुगेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया