ह्वाइट हाउसमा मनाइयो दीपावली (भिडियोसहित)
काठमाडौं । अमेरिकाको शक्ति केन्द्र ह्वाइट हाउसमा दीपावली मनाइएको छ । अमेरिकाकी प्रथम महिला जिल बाइडेनको आयोजनामा राष्ट्रपति भवनमा दीपावली मनाइएको हो ।
उक्त अवसरमा उपराष्ट्रपति कमला ह्यारिसलगायत व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।
ह्यारिसले आफ्नो ट्विटर ह्यान्डलबाट दीपावली मनाइएको भिडियो सेयर गरेकी छन् । जसमा उनी आतिशबाजको मजा लिइरहेको देखिन्छ ।
यो अवसरमा गीतसँगै नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
दीपावलीको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ट्विटरमार्फत जनतालाई बधाई दिएका छन्।
उनले ट्विटरमा दीपावलीमा अन्धकारबाट उज्यालो निकाल्ने शक्ति रहेको उल्लेख गर्दै सबैमा शुभकामना व्यक्त गरेका छन् ।
‘उज्यालोको यो पर्वमा मनाउने र एकअर्कासँग जोडिनेहरूलाई शुभ दीपावली,’ उनले ट्विटरमा लेखेका छन् । बाइडेनले गत वर्ष पनि दीपावलीको अवसरमा शुभकामना दिएका थिए ।
To everyone celebrating the Festival of Lights here in the United States and around the world, happy Diwali! pic.twitter.com/0DPlOaqhMO
— Vice President Kamala Harris (@VP) October 24, 2022
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया