NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

ह्वाइट हाउसमा मनाइयो दीपावली (भिडियोसहित)

काठमाडौं । अमेरिकाको शक्ति केन्द्र ह्वाइट हाउसमा दीपावली मनाइएको छ । अमेरिकाकी प्रथम महिला जिल बाइडेनको आयोजनामा राष्ट्रपति भवनमा दीपावली मनाइएको हो ।

उक्त अवसरमा उपराष्ट्रपति कमला ह्यारिसलगायत व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।

ह्यारिसले आफ्नो ट्विटर ह्यान्डलबाट दीपावली मनाइएको भिडियो सेयर गरेकी छन् । जसमा उनी आतिशबाजको मजा लिइरहेको देखिन्छ ।

यो अवसरमा गीतसँगै नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

दीपावलीको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ट्विटरमार्फत जनतालाई बधाई दिएका छन्।

उनले ट्विटरमा दीपावलीमा अन्धकारबाट उज्यालो निकाल्ने शक्ति रहेको उल्लेख गर्दै सबैमा शुभकामना व्यक्त गरेका छन् ।

‘उज्यालोको यो पर्वमा मनाउने र एकअर्कासँग जोडिनेहरूलाई शुभ दीपावली,’ उनले ट्विटरमा लेखेका छन् । बाइडेनले गत वर्ष पनि दीपावलीको अवसरमा शुभकामना दिएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष