एक खेल अगावै पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा
काठमाडौं । मक्कबी हाइफामाथि ७–२ गोलको सानदार जितसहित पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा मेसी र एम्बाप्पेले दुई दुई, नेयमारले एक र कार्लोल सोलेर र एक एक आत्मघाती गोल मद्दतमा पिएसजी अन्तिम १६ मा पुगेको हो ।
ग्रुप स्टेजमा अन्तिम खेलमा युभेन्टससँग खेल्नु अघि नै पिएसजी अन्तिम १६ मा पुगेको हो ।
खेलको १९ र ४४ औं मिनेटमा मेसीले गोल गरे । एम्बाप्पले ३२ र ६४ औं मिनेटमा दुई गोल गरे । नेयमारले ३४ मिनेटमा गोल गरे ।
कार्लोस सोलेरले ८४ औं मिनेटमा गोल गर्दा सिन गोल्डवर्गले ६७ मिनेटमा आत्मघाती गोल गर्दा पिएसजीले थप अग्रता बनाएको थियो ।
खेलमा मेसीले दुई गोल गर्दा दुई गोलका लागि पास उपलब्ध गराए ।
गएराति भएको खेलमा बेन्फिकाले युभेन्टसलाई ४–३ गोल अन्तरले पराजित गर्यो । पराजयसँगै युभेन्टस एक खेल अगावै लिगबाट बाहिरिएको छ । ५ खेल खेल्दा एक जित र चार हारसहित युभेन्टसको ३ अंकमात्रै छ ।
पिएसजी र बेन्फिका दुवैले ११÷११ अंक जोडेका छन् । यी दुवै टिमले दुवै खेलमा बराबरी खेलेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया