NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

विश्वकपमा इंग्ल्याण्डविरुद्ध आयरल्याण्डको ऐतिहासिक जित

काठमाडौं । टी २० विश्वकपमा बलियो इंग्ल्याण्डविरुद्ध आयरल्याण्डले ऐतिहासिक जित हात पारेको छ । सुपर १२ को खेलमा वर्षाले प्रभावित खेलमा आयरल्याण्डले डिएल मेथडमा इंग्ल्याडलाई ५ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गर्दै आयरल्याण्डले इंग्ल्याण्डलाई १५८ रनको लक्ष्य दिएको थियो ।

तर १४.३ ओभरमा इंग्ल्याण्डले ५ विकेट गुमाउँदा १०५ रन बनाएको थियो । तर सुस्त गतिमा रन बनाउने र विकेट पनि धेरै गुमेपछि इंग्ल्याण्ड डिएल मेथडमा पराजित भएको हो ।

यति ओभरमा ११० रन कटाएको भए इंंग्ल्याण्ड खेलमा विजयी हुने थियो । अन्तिमका ९ बलमा १९ रन जोडेकोले इंग्ल्याण्डले ५ रनको मात्रै पराजय बेहोर्यो । अन्यथा अझै फराकिलो अन्तरले पराजित हुने थियो ।

मोइन अलिले १२ बलमा आक्रामक २४ रन बनाएपछि वर्षाले खेल बिथोलेको थियो । जसले इंग्ल्याण्डलाई पूरै ओभर खेलेर जित्ने बाटोको अन्त्य गरेको थियो । वर्षाले बिथोलेपछि फेरि खेल सुचारु गर्ने विषयमा अम्पायरले सल्लाह गर्दै गर्दा फेरि पानी पर्न सुरु गरेको थियो ।

यसरी पानी परेपछि आयरल्याण्डले ऐतिहासिक जित सम्भव बनाएको हो । सुरुदेखि नै किफायति बलिङ गर्ने र विकेट पनि लिएपछि आयरल्याण्ड जित्न पुग्यो ।

इंग्ल्याण्डलाई चुनौतीपूर्ण लक्ष्य दिन एन्डी बालब्रिनले ६२ रनको योगदान दिएका थिए । ग्रुप एमा हारपछि इंंग्ल्याण्ड दुई अंकसहित चौथो स्थानमा छ । रनरेट पनि माइनसमा पुगेको छ । यसै समूहमा पहिलो स्थानमा रहेको न्युजिल्याण्डले आजै अफगानिस्तानसँग खेल्दैछ ।

ताजा अपडेट

नेपालवाच विशेष