बंगलादेशको शर्मनाक पराजय
काठमाडौं । टी २० विश्वकप क्रिकेटको सुपर १२ मा बंगलादेशले दक्षिण अफ्रिकाविरुद्ध शर्मनाक पराजय बेहोरेको छ । २०६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले १६.३ ओभरमा १० विकेट गुमाएर १०१ रन मात्रै बनाएको हो ।
बंगलादेशलाई एक सय रनमै रोक्न एनरिच नोट्जेलेले ३.३ ओभरमा १० रन दिएर चार विकेट हात पारे । तरवैज शाम्सीले चार ओभरमा २० रन दिएर तीन विकेट लिए । बंगलादेशका लागि लिटन दासले सर्वाधिक ३४ रनको योगदान दिए । सौम्य सरकारले १५ रन बनाए ।
बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य दिने क्रमममा दक्षिण अफ्रिकाका लागि रिले रुसोले १०९ रन बनाए । क्विनटक डिककले ६३ रन बनाए ।
बंगलादेशलाई यसरी १०४ रनले हराएर दक्षिण अफ्रिका ग्रुप बीको शीर्ष स्थानमा उक्लिएको छ ।
सुपर १२ को अर्को खेल वर्षाले रोकिएपछि दक्षिण अफ्रिकाले एक अंक पाएको थियो । यसैले सुपर १२ का दुई खेलबाट बंगलादेशको तीन अंक भएको छ । उसको रनरेट निक्कै राम्रो छ ।
समूह २ मा आजै पहिलो खेल जितेको भारतले नेदरल्याण्डससँग खेल्दैछ । नेदरल्याण्डसलाई जिते भारत समूहको पहिलो स्थानमा उक्लिनेछ । सुपर १२ का दुईवटै समूह प्रत्येकबाट शीर्ष दुईदुई टोली सोझै सेमिफाइनलमा पुग्नेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया