NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेदरल्याण्डसविरुद्ध जित निकालेपछि भारत विश्वकपमा बलियो स्थानमा

काठमाडौं । टी २० विश्वकपको सुपर १२ को खेलमा भारतले नेदरल्याण्डसमाथि जित हात पारेको छ । १८० रनको लक्ष्य पाएको नेदरल्याण्डस भारतसँग ५६ रनले पराजित भएको हो । २० ओभरमा ९ विकेट गुमाउँदै नेदरल्याण्डसले १२३ रन जोड्यो । भारतका लागि भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पाटिल र रविचन्द्रव आश्विनले समान दुईदुई विकेट लिए ।

२० ओभरमा भारतले २ विकेट गुमाउदँदै १७९ रन जोडेको थियो । भारतका लागि विराट कोेहलीले ४४ बलमा ६२ र सूर्यकुमार यादवले २५ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । रोहित शर्माले पनि ३९ बलमा ५३ रन बनाएका थिए ।

तर भारतीय बलरसामू नेदरल्याण्डसको टोली फिक्का सावित भयो । टिम प्रिगंलको २०, कोलिन एक्करम्यानको १७ र म्याक्स ओडाउड र बास डे लिडे र शैरिज अहमेदले १६/१६ रन बनाए ।

सुपर १२ अन्तर्गत समूह २ को खेलमा भारतले खेल जित्दा समूहमा पहिलो स्थानमा पुगेको छ । पहिलो खेलमा पाकिस्तानविरुद्ध अन्तिम बलमा रोचक विजय निकालेको भारतको चार अंक भएको छ ।

यो समूहमा एक जित र एक बराबरीपछि दक्षिण अफ्रिका तीन अंकसहित दोस्रो स्थानमा छ ।

चार अंक र रनरेट पनि राम्रो बनाएपछि भारत सेमिफाइनलको लागि बलियो स्थानमा देखिएको छ । अब भारतले साउथ अफ्रिका, बंगलादेश र जिम्बावेविरुद्ध खेल्न बाँकी छ । यी तीनमध्ये भारतका लागि बंगलादेश र जिम्बावे सहज टोली हुन् । ३० अक्टोबरमा अब भारतले दक्षिण अफ्रिकको सामना गर्नेछ ।

यसै समूहका आज पाकिस्तान र जिम्बावे पनि भिड्दैछन् । पहिलो खेलमा भारतसँग अन्तिम बलमा पराजित भएपछि पाकिस्तानलाई अब सेमिफाइनमा पुग्न बाँकी खेलमा जित आवश्यक देखिएको छ ।

सुपर १२ का दुवै टिम प्रत्येकबाट अंक तालिकामा शीर्ष दुई स्थानमा हुने दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष