साप्ताहिक मौसम : हिमपातदेखि वर्षाको सम्भावना
काठमाडाैं । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । विभागका अनुसार अधिकांश भू–भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ ।
ताजा अपडेट
-
ग्लोबल आइएमई बैंकलाई स्वीस इन्भेष्टमेन्ट फन्डको १० मिलियन अमेरिकी डलर लगानी
-
अधिवक्तादेखि सांसदसम्म सुहाङको यात्रा
-
कफीखेती प्रवर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका
-
‘सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ’
-
तुलसीमेहरको चर्खामा किचलो, मुख्य गुठियारलाई कानूनी कारबाही गर्ने चेतावनी
प्रतिक्रिया