NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

विश्वकपमा न्युजिल्याण्ड र इंग्ल्याण्ड भिड्दै

काठमाडौं । टी २० विश्वकपको सुपर १२ मा न्युजिल्याण्ड र इंग्ल्याण्ड भिड्दैछन् । समूह एकाे खेलमा ६ टिममध्ये ३ अंकसहित पहिलो स्थानमा रहेको न्युजिल्याण्ड र २ अंकसहित चौथो स्थानमा रहेकाे इंग्ल्याण्ड भिड्न लागेका हुन् ।

आजै वर्षाले आयरल्याण्ड र अफगानिस्तानबीचको खेल स्थगित भएपछि दुवै टिमले एक–एक अंक हात पारेका छन् । जसले आयरल्याण्ड पनि ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । यसैले वर्षाले खेल बिथोले न्युजिल्याण्ड चार अंकसहित पहिलो स्थानमा उक्लिनेछ।इंग्ल्याण्डको पनि तीन अंक हुनेछ ।

तर खेल हुँदा नै इंग्ल्याण्डलाई फाइदा हुनेछ । जित्न सके इंग्ल्याण्ड चौथोबाट पहिलो स्थानमा पुग्नेछ । यसैले वर्षाले खेल रोकिंदाको घाटा इंग्ल्याण्डलाई हुनेछ । किनकी खेल हुँदा न्युजिल्याण्डलाई जित्न सक्ने सम्भावना बढी हुनेछ ।

पहिलो खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई सहजै पराजित गरेको थियो । यसैले न्युजिल्याण्ड पनि उत्साही छ । उसको अफगानिस्तानसँगको दोस्रो खेल स्थगित भएपछि दुवै टोलीले एक एक अंक बाँडेका थिए ।

अष्ट्रेलिया पनि दुई खेलमा एकमा जित र एकमा हारसहित पाँचौ स्थानमा छ । ६/६ टिम रहेका दुवै समूहबाट शीर्ष दुईमा रहने दुई टोली सेमिफाइनमा पुग्नेछन् । यसैले सुपर १२ का प्रत्येक खेल महत्वपूर्ण हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष