दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी कम्तीमा १३ को मृत्यु
दक्षिणी फिलिपिन्स । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौं शहरहरुमा रातभरी परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरले जानकारी दिएका छन् ।
भीषण बाढीको कारण आएको पहिरोमा परी १३ जनाको मृत्यु भएको मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयकमा प्रमुख नुरुउल्लाह इमामले पुष्टि गरेका छन् । फिलिपिन्समा मुख्यतया प्यासिफिक रिंग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण विश्वको तुुलनामा यस्ता प्रकोपहरु आउने गरेका छन् । औसत रुपमा यस देशमा वार्षीक बीस ओटा टाइफुनहरु आउने गरेका छन् । ती मध्ये केही तीव्र र विनाशकारी रहेका जनाइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया