फिलिपिन्समा बाढी, ३१ जनाको मृत्यु
काठमाडौं (एजेन्सी) । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको तथा कैयौँ बेपत्ता भएका छन्।
मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवम् स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा १६ जना, दातु ब्लाह सिनसुआतमा १० जना र उपीमा पाँच जनाको ज्यान गएको हो ।
डुबेर र पहिरोमा परी उनीहरूको ज्यान गएको बताउँदै उनले बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।
मागुइन्डानाओको प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् ।
फिलिपिन्समा यो वर्षको बाढीपहिरामा परी दुई सय २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया