NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

यस्तो छ राजस्थानमा बनेको विश्वकै अग्लो शिवमूर्ति

काठमाडौं (एजेन्सी) । भारतको राजस्थानमा निर्माण भएको विश्वकै अग्लो शिव मुर्तिको आज शनिबार उद्घाटन हुँदैछ ।

राजस्थानको राजसमन्द जिल्लाको नाथद्वारामा निर्मित शिव प्रतिमाको उचाइ ३६९ फिट छ, जसलाई विश्वास स्वरूपम् नाम दिइएको छ ।

यो मूर्ति निर्माण गर्न १० वर्ष लागेको थियो । यो विश्वको शीर्ष ५ अग्लो मूर्तिहरूको सूचीमा परेको छ। यसको निर्माण सन्त कृपा सनातन संस्थानले तयार पारेको हो । शुभारम्भ समारोह अक्टोबर २९ बाट सुरु भई नोभेम्बर ६ सम्म चल्नेछ र मुरारी बापुको रामकथाबाट सुरु हुनेछ ।

नाथद्वाराको गणेश टेकरीमा बनेको यो मूर्ति ५१ बिघा डाँडामा बनाइएको हो । यस मूर्तिमा भगवान् शिव ध्यान र अल्लादको मुद्रामा विराजमान छन्। मूर्तिको उचाइ यस्तो छ कि यसलाई धेरै किलोमिटर टाढाबाट देख्न सकिन्छ। यो मूर्तिलाई रातमा पनि स्पष्ट देखिने गरी विशेष बत्तीको व्यवस्था गरिएको छ ।

३६९ फिट अग्लो मुर्ति विश्वकै अग्लो शिव मुर्ति बन्ने कथा पनि रोचक छ । बताइएअनुसार सन् २०१२ मा यो मूर्ति बनाउने योजना तयार हुँदा यसको उचाइ २५१ फिट मात्रै राख्ने योजना थियो । तर पछि निर्माणको क्रममा यसको उचाइ ३५१ फिट बनाउने तय भयो । त्यसपछि शिवको कपालमा गंगाको धारा हाल्ने योजना बनाइयो, त्यसपछि यसको उचाइ ३६९ फिट पुग्यो ।

यस मूर्तिमा लिफ्ट, सीढी, हल आदि पनि बनाइएको छ। निर्माणमा ३ हजार टन स्टिल र फलाम, २.५ लाख घन टन कंक्रिट र बालुवा प्रयोग भएको छ । २५० किलोमिटरको गतिमा चल्ने हावाले पनि मूर्तिलाई असर गर्दैन। स्ट्याचु अफ बिलिफको परिकल्पना मिराज ग्रुप उदयपुरका अध्यक्ष मदन पालिवालले गरेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष