वनभोज खान गएका दुई किशोर भेरीमा बेपत्ता
सुर्खेतमा वनभोज खान गएका दुई किशोर भेरी नदीमा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा उनीहरु बगेर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार उनीहरूको समूह भेरीगङ्गा नगरपालिकाको सत्तरी नजिकै वनभोज खान गएको थियो । बेपत्ता खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा गएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया