दक्षिण कोरियामा भागदौड मच्चिँदा १९ विदेशीसहित १५१ को मृत्यु
काठमाडौं (एजेन्सी) । दक्षिण कोरियाको राजधानी सियोल नजिकैको इतेवोनमामा भागदौड मच्चिँदा १९ विदेशीसहित कम्तीमा १५१ जनाको मृत्यु भएको छ । १५० जना घाइते छन् ।
हेलोविन पर्व मनाउन इथेवन मानिसहरू भेला भएका बेला एक व्यक्ति लडेका थिए । लगत्तै त्यहाँ भागदौड मच्चिन पुगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भिडम भिड मानिसहरूले भरिएको अति साँघुरो गल्लीमा भागदौड मच्चिएकाले ठूलो मानवीय क्षति हुन पुगेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, मृत्यु हुनेमा अधिकांश २० वर्ष उमेर समूहका छन् । घटनामा अहिलेसम्म १९ विदेशीको मृत्यु भएको खुलेको छ । तर ती कुन देशका नागरिक हुन् भन्ने खुलिसकेको छैन ।
घटनामा घाइतेमध्ये कैयन्को अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
सोलको महानगर सरकारले घटनापछि अझै ३५५ जना हराइरहेको उजुरी प्राप्त भएको जनाएको छ।
घटनास्थलमा खिचिएका भिडियोहरूमा आपतकालीन सेवाका कर्मचारीहरूले मानिसहरूलाई होसमा ल्याउन सीपीआर दिइरहेको देख्न सकिन्छ । त्यसैगरी, शव राख्न प्रयोग हुने झोलाहरू सडक भरी देखिएका छन्।
दुर्घटनामा लागूऔषध प्रयोग भएको अनुमान गरिएको छ । तर त्यसलाई प्रशासनिक अधिकारीले खण्डन गरेका छन् ।
यो दुर्घटनाप्रति विश्वभरका देशहरुले शोक व्यक्त गरेका छन् । दक्षिण कोरियाले राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सन् २०१४ पछिको दुःखद् घटना
दक्षिण कोरियामा सन् २०१४ मा फेरी दुर्घटना भएको थियो । त्यसक्रममा ३०० जनाले ज्यान गुमाएका थिए । उक्त घटनापछिको यो सबैभन्दा धेरै मानवीय क्षति भएको दुःखद् घटना हो ।
बिबिसीका अनुसार, घटना भएको समयमा उक्त स्थानमा एक लाख मानिसहरू मानिसहरू भेला भएको अनुमान गरिएको छ ।
यो स्थान हरेक सप्ताहान्तमा भीडभाड हुने स्थान हो । कोरोनापछि भीडाभाड गर्न प्रतिबन्ध लगाइएको यहाँ पहिलोपटक शनिबार हेलोइन मनाउन अत्यधिक संख्यामा मानिस भेला भएका थिए ।
राजधानी सोलसँगकै रहेको इतेवोन रात्रिकालीन गतिविधिका लागि प्रख्यात ठाउँ हो ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया