NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

तोलामा एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजारले घटेर ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

कात्तिक ७ गते सुनको मूल्य स्थिर रहेको थियो। अघिल्लो कारोबार अर्थात  कात्तिक ७ मा छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसको मूल्य अघिल्लो कारोबारमा १२ सय १५ रुपैयाँ कायम थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष