सुपर १२ मा पाकिस्तानको पहिलो जित
काठमाडौं । सुपर १२ मा सुरुवाती दुई खेल साँघुरो अन्तरले गुमाएको पाकिस्तानले तेस्रो खेल भने फराकिलो अन्तरले जितेको छ ।
नेदरल्याण्डसविरुद्ध ९२ रनको लक्ष्य पाकिस्तानले ३७ बल खेल्न अगावै ४ विकेट गुमाएर पूरा गरेको हो ।
नेदरल्याण्डसलाई सस्तैमा रोक्न पाकिस्तानका लागि शादव खानले तीन, महम्मद असिमले २ विकेट लिएका थिए ।
कम रन पछ्याए पनि कप्तान बाबर आजम फेरि ४ रनमै आउट भए । खेल ८ विकेटले जित्नेतर्फ अघि बढ्दै गर्दा महम्मद रिजवान ३९ बलमा ४९ रन बनाएर आउट भए ।
त्यसपछि पनि थप एक विकेट गुमाएपछि मात्रै पाकिस्तानले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।
अब पाकिस्तानलाई सेमिफाइनमा पुग्नका आफूले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल जितेर मात्रै पनि पुग्ने छैन । भारतले पनि दक्षिण अफ्रिका, बंगलादेश र जिम्बाब्वेलाई पराजित गर्नुपर्नेछ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया