NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

आँधीले मनिलाको जनजीवन प्रभावित

एजेन्सी । फिलिपिन्सको राजधानी मनिला र आसपासका क्षेत्रमा आइतबार आएको बाढीमा फसेकाहरूको उद्धार प्रयासलाई तीव्र गतिमा अघिबढाइएको छ ।

मनिलाको मुख्य टापु लुजोनमा रातभरको आँधीका कारण विद्युत् आपूर्ति बन्द हुनुका साथै मनिला र वरपरका केही बस्ती पानीमा डुबेका थिए् ।आँधीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४८ पुगेको राष्ट्रिय विपद् निकायले जनाएको छ ।

दैवी विपत्तिमा परेर अधिकांशको मृत्यु दक्षिणी टापु मिन्डानाओका गाउँमा भएको हो । मनिलाको पारानाक उपनगरमा उद्धारकर्ताहरूले शनिबार रातभर पौडी खेलेर एक भवनको माथिल्लो तलामा थुनिएका बालबालिकासहित ६० जनालाई सुरक्षितस्थलमा पु-याएका थिए ।

गाउँका प्रमुख नोएल जाप्लोसले एक पार्टीमा सहभागी हुने क्रममा भेला भएका उनीहरू बाढीको पानी बढेपछि आत्तिएर चिच्याइरहेका थिए र रोइरहेका पाएपछि उनीहरूको उद्धार गरिएको बताए ।

उद्धार टोलीले खिचेको भिडियोमा ‘लाइफ भेस्ट’ लगाएका आपतकालीन उद्धारकर्मीले डोरीको सहायताले उनीहरूलाई भवनबाट बाहिर निकालेको र बालबालिकालाई तैरिरहेको अवस्थामा राखिएको देखिएको छ ।

गत मङ्लगलबार ‘अल सेन्ट्स डे’ को छुट्टीको लागि गएका दशौँ हजार फिलिपिनीहरू डुबानका कारण फसेका थिए । नागरिक सुरक्षा कार्यालयका अनुसार उक्त क्षेत्रमा २२ जना हराइरहेका छन् भने ४० जना घाइते भएका छन् । बाढीले पुल, सडक र बाली नष्ट भएको छ ।