के–के छन् माओवादी केन्द्रकाे १० बुँदे मुख्य रणनीति ?

काठमाडौं । माओवादी केन्द्रले राजनीतिक स्थिरता र समृद्धिका लागि शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै आगामी निर्वाचनका लागि १० बुँदे मुख्य रणनीतिसहित घोषणापत्र सार्वजनिक गरेको छ । उसले न्यायलयमा देखिएको बेथिति प्रशासन सुधारका लागि संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै माओवादीले विदेशी युवा शक्तिलाई स्वदेशमै फर्किने वातावरण बनाउने, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने, राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने लगायत रणनीति बनाएको छ ।
यी हुन् माओवादी केन्द्रको १० बुँदे रणनीति :
१. स्थिरता, शान्ति र समृद्धिको लागि शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्ने ।
२. न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने ।
३. युवा शक्तिलाई देश निर्माणमा परिचालन गर्ने, विदेशमा रहेकालाई स्वदेश फर्कने वातावरण
बनाउने।
४. कृषि क्षेत्रको रूपान्तरण गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने ।
५. हरेक क्षेत्रमा सामूहिक उत्पादन प्रणालीको विकास गरी कार्यान्वयन गर्ने ।
६. निजी क्षेत्रको लगानी र राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने ।
७. मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने ।
८. विकासलाई प्रकृतिमैत्री बनाउने ।
९. दुई अंकको आर्थिक बृद्धि हाँसिल हुने आधार निर्माण गर्ने ।
१०. पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादन एकाइहरूको नेतृत्व गर्न परिचालन गर्ने ।
ताजा अपडेट
-
अमेरिकाले ग-यो एमसिसी परियोजना बन्द गर्ने निर्णय
-
आज १९औं लोकतन्त्र दिवस, जनताले जितेको दिन
-
लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्न सक्छ, सचेत रहनू : मौसमविद्
-
कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक, कुन परीक्षा कहिले ?
-
आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’
प्रतिक्रिया