चुनावको समयमा त्रिविले एक साता बिदा दिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निर्वाचनको समयमा जाडो बिदा समायोजन गर्ने गरी लामो समय बिदा नदिने भएको छ । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर त्रिविले एक साता बिदा दिने तयारी गरेको छ ।
त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालले प्राध्यापकहरूसँगको छलफलमा चुनामा लामो समय बिदा दिन नहुने सुझाव आएपछि एक सातामात्र बिदा दिने योजना रहेको बताए ।
‘चुनावको समयमा लामो बिदा दिँदा राम्रो सन्देश जाँदै भन्दै त्यसो नगर्न प्राध्यापकहरूबाट सुझाव आयो,’ उनले भने, ‘अहिले स्नातक तहमा भर्नासमेत चलिरहेको छ । त्रिविका कार्यालयमा समेत मतदान केन्द्र रहन्छन् । कतै पढाइ गर्ने कतै नगर्ने ठीक नहुने भएकाले एक साताजति बिदा गर्छौं ।’
प्रदेश र प्रतिनिधिसभा निर्वाचन लागेसँगै कतिपय विद्यार्थी प्रचारमा लागेका छन् । त्यस्ता विद्यार्थीले चुनावको समयमा नै जाडो बिदा दिन आग्रह गरेका थिए भने प्राध्यापकहरूले जाडोको समयमै जाडो बिदा दिन अडान राखेका थिए । यस्तोमा त्रिविका पदाधिकारी प्राध्यापकलगायतसँग छलफल गरी जाडो बिदाबारे निष्कर्षमा पुगेका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया