पोग्बालाई नदेखिने भयो कतार विश्वकपमा
काठमाडौं (एजेन्सी) । पउल पोग्बा फुटबलका पारखीका लागि कुनै नयाँ नाम होइन । आसन्न विश्वकपमा उनको आकर्षक खेल हेर्न उनका समर्थक प्रतीक्षारत छन् ।
तर पोग्बाका फ्यानका लागि एउटा दुःखद् खबर छ । उनले आगामी महिना कतारमा सुरु हुन गइरहेको विश्वकप फुटबल २०२२ गुमाउने भएका छन् ।
पोग्बाले अन्तिम टिममा स्थान बनाउने आशा गरिएको थियो । तर पछिल्लो चोटसँगै त्यो सम्भावनाको अन्त्य भएको छ ।
खेलका क्रममा पोग्बाको घुँडामा चोट लागेको थियो । यही कारण उनले कतार विश्वकप गुमाउने भएका हुन् ।
समाचारहरूमा जनाइएअनुसार, घुँडाको चोट छिटो निको पार्न शल्यक्रिया गरिएको छ । तर त्यो मैदानमा फर्कन सक्ने गरी निको हुन अझै केही महिना लाग्ने देखिएको छ ।
पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रेन्च टोली बाहिर रहने स्पष्ट जनाएका छन् । उनका अनुसार, पोग्बालाई निको हुन केही समय लाग्ने देखिएको छ ।
उनले भनेका छन्, ‘पोग्बा अहिले युभेन्टस र फ्रान्सको राष्ट्रिय टोलीमा सहभागी हुने सम्भावना छैन ।’ यद्यपि, उनले पोग्बा छिट्टै मैदनमा फर्कन आतुर रहेको बताए । तर अवस्था त्यस्तो नरहेकाले धैर्य गर्नुको विकल्प छैन ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया