एमाले घोषणापत्र आज, लगत्तै ओलीले लाइभ डिबेट गर्ने
काठमाडौं । नेकपा एमालेले आज पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
मुख्य राजनीतिक दल कांग्रेस र माओवादी केन्द्रपछि एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
एमाले केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार्वजनिक गर्ने तय भएको छ ।
एमालले ‘समृद्ध नेपालः सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ ।
एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । उक्त समितिले सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालले जनाएको छ ।
यसैबीच ओलीले चुनावी घोषणापत्रबारे आजै लाइभ डिबेट गर्ने गर्ने भएका छन् ।
ओलीले सामाजिक सञ्जालमा घोषणापत्रबारे आफूले लाइभ डिबेट गर्न लागेको बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया