एमाले घोषणापत्र आज, लगत्तै ओलीले लाइभ डिबेट गर्ने
काठमाडौं । नेकपा एमालेले आज पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
मुख्य राजनीतिक दल कांग्रेस र माओवादी केन्द्रपछि एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
एमाले केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार्वजनिक गर्ने तय भएको छ ।
एमालले ‘समृद्ध नेपालः सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ ।
एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । उक्त समितिले सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालले जनाएको छ ।
यसैबीच ओलीले चुनावी घोषणापत्रबारे आजै लाइभ डिबेट गर्ने गर्ने भएका छन् ।
ओलीले सामाजिक सञ्जालमा घोषणापत्रबारे आफूले लाइभ डिबेट गर्न लागेको बताएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया