खुमल्टार पुगेका अमेरिकी राजदूतसँग प्रचण्डको के कुरा भयो ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले आज भेटवार्ता गरेका छन् ।
सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सरहानीय रहेको बताए ।
उक्त अवसरमा राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए ।
उनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गरे ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया