‘लाइभ डिबेट’ मा ओलीलाई प्रश्न, ‘चुच्चे नक्सा घोषणापत्रमा किन परेन?’
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सार्वजनिक गरिएको नक्सालाई चुच्चे नक्सा नभएर गुमेको भू–भाग सामेल गरेर बनाइएको नयाँ नक्सा भन्न आग्रह गरेका छन् ।
उनी प्रधानमन्त्री हुँदा लिपुलेक लिम्पियाधुरालाई समावेश गरेर बनाइएको नक्सालाई स्थापित गर्ने विषय चुनावी ‘ग्यारेन्टी’ नभएकोबारे आजको ‘लाइभ डिबेट’ मा प्रश्न उठेको थियो ।
उक्त प्रश्नलाई सम्बोधन गर्दै ओलीले यो नक्सा कुनै खेलवाड र मजाकको विषय नभएको बताए । ‘यो रमाइलोका लागि गरिएको होइन । त्यो राजनीतिक र प्रशासनिक नक्सा नेपाल सरकारले जानेर र बुझेरै छापेको हो,’ उनले भने, ‘जतिबेला मेरो नेतृत्वमा नेपाल सरकार थियो । त्यसलाई सांसदले सर्वसम्मतिले पारित गरेको हो । जुन नेपालको वास्तविक नक्सा हो । त्यो आजको नेपालको नक्सा हो, कुनै खेलवाड या मजाकको विषय होइन ।’
आफू सरकारमा रहँदा लिखित रूपमा त्यस संवादलाई ट्ंग्याएरै उक्त नक्सा छापेकाले त्यसको कुनै ‘ग्यारेन्टी’ गरिरहन नपरेको उनले बताए । ‘नक्सा प्रकाशित भइसक्यो । यो स्वतः ग्यारेन्टीड कुरा हो,’ उनले भने, ‘यसको प्रक्रिया हामीले धेरै अघि गरिसकेकाले यसमा थप केही भनिरहन पर्छजस्तो मलाई लाग्दैन ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया