अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट

एजेन्सी । अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशङ्का गरिएको बताइएको छ ।
विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । उनीहरुका अनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ ।
स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ ।
प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ । विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ । यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल शुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
-
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
प्रतिक्रिया