अनुहार चम्किलो बनाउन दहीका विभिन्न फेस प्याक
काठमाडौं । दहिमा प्रशस्त खनिज तथा ल्याटिक एसिड हुन्छ । जसले छालालाई नरम र चम्किलो बनाउँछ । यसमा हुने गुणले छालालाई सुख्खा हुन बाट बचाउँनका साथै छालामा मोइस्चराइजरको काम गर्छ ।
एउटा अण्डाको सेतो भाग र एक चम्चा मुल्तानी माटोको पाउडर र दही मिसाएर अनुहारमा लगाउँदा यसले अनुहारको छालामा चमक ल्याउँछ । यसले छालामा थप सुन्दरता प्रदान गर्छ ।
त्यस्तै, एक चम्चा दहीमा सुन्तलाको धुलो र कागतीको रस मिसाएर लगाउँदा छालामा भएको दाग दब्धा हट्ने गर्छ र छालालाई सुन्दर बनाउँछ । दहीसँग फलफूलको पेस्टको मिश्रण पनि राम्रो मानिन्छ ।
फलफूलमा पाइने पोषण तत्वले छालालाई मर्नबाट बचाउँछ । एक चम्चा दहीमा गाजर, आरु र काक्रोको पेस्ट मिसाएर फुट्स फेस प्याक बनाउन सकिन्छ । यसले अनुहारलाई फ्रेस र सफा राख्छ ।
साधारणतया फेस प्याक बनाएर लगाउँदा २० मिनेट राखेर मनतातो पानीले मुख धुनु पर्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया