NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

काठमाडौंका ३५ सय सुकुमबासी इचंगुनारायण सारिने

काठमाडौं । काठमाडौं उपत्यकामा सुकुमबासी परिवारको संख्या ३ हजार ४९६ पुगेको सरकारी रिपोर्टमा जनाइएको छ । सुकुमबासीसम्बन्धी अध्ययन गर्न बनेको सरकारी कार्यदलले एक महिना लामो अध्ययनपछि उपत्यकामा ३ हजार ४९६ परिवारलाई सकुमबासी रहेको रिपोर्ट तयार गरेको छ, जसअनुसार काठमाडौं, ललितपुर तथा भक्तपुरका २० वडा तथा २७ वटा बस्तीमा सुकुमबासी बसोबास गर्दै आएका छन् ।

उपत्यकाका बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा तथा बल्खु खोला किनारामा लामो समयदेखि सरकारी जग्गा अतिक्रमण गरी सुकुमबासी बसोबास गर्दै आएका छन् ।

तीमध्ये वास्तविक सुकुमबासीको संख्या यकिन गर्न तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन दीर्घकालीन उपाय खोजी गर्न अधिकारसम्मपन्न बागमती सम्भयता एकीकृत विकास समितिले ०७८ फागुन १६ गते बोर्ड सदस्य वीरेन्द्र थपलियाको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको थियो । त्यसले उपत्यकाका सुकुमबासीलाई इचंगुनारायणमा सार्न प्रस्ताव गरेको छ ।