आँखाको डार्क सर्कल हटाउन अपनाउँनुहोस् यी उपाय
काठमाडौं । व्यस्त जीवनशैली, अस्वस्थ खानपान र तनावले डार्क सर्कल धेरैको समस्या बनिरहेको छ । व्यक्तिको सुन्दरता आँखाले झल्काउने गर्छ । तर आँखामा कालोपना अर्थात डार्क सर्कलले आँखालाई कुरुप बनाउँछ ।
आँखाको सामान्य हेरचाह र खानपिनमा ध्यान दिँदा यस्तो समस्याबाट छुटकारा पाइन्छ । सामान्यतया अहिले प्राय सबैको आम समस्या नै डार्क सर्कल बन्ने गरेको छ ।
यस्तो समस्याबाट टाढा रहन भिटामिन ए, भिटामिन सी, भिटामिन के र ई पाइने खानेकुरा प्रशस्त मात्रामा खानपानमा समावेश गर्नुपर्छ । त्यस्तै, डार्क सर्कल हटाउन वा कम गर्न अर्को उपाय हो बदामको तेल ।
बदामको तेलले डार्क सर्कल भएको ठाउँमा हल्का मालिस गर्दा यसले विस्तारै कालोपना हटाउँदै लैजान्छ र आँखालाई चम्किलो बनाउँछ । काँक्रो र आलुको रसले पनि डार्क सर्कल कम हुन्छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया