भक्तपुरमा चुनावी सरगर्मी बढ्यो

भक्तपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदातका घरघरमा पुगिरहेका छन् ।
प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल ,सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुनिल गोठे र एमालेका नवराज गेलाल उम्मेदवार छन् ।
क्षेत्र नं २ मा कांग्रेसका दुलर्भ थापा र एमालेका महेश बस्नेतले पनि घरदैलो अभियानलाई तीव्रता दिएका छन् । दलले घरदैलो अभियान सुरु गरेसँगै जिल्लाका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ ।
ताजा अपडेट
-
नयाँ शक्तिलाई मूलधारमा लैजान्छौँ : डा भट्टराई
-
किन दिगो छैनन् हाम्रा कृषि कार्यक्रम ?
-
पानी जहाज सञ्चालन गर्न कानुन ल्याउने तयारी
-
स्थानीयको भावना विपरीत केबलकार निर्माण गर्न नहुनेमा सांसदहरूको एकमत
-
आगलागीले क्षतिग्रस्त खानेपानी मन्त्रालयको अनुगमनमा पुग्यो पूर्वाधार विकास समिति
प्रतिक्रिया