क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कारागार चलान
काठमाडौं । जिल्ला आदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई केन्द्रीय कारागार पठाइएको छ ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो । दुवैपक्षका कानुन व्यवसायीले थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा लामिछानेलाई १० देखि १२ वर्षसम्मको कैद सँजाय र अभियुक्तबाट उचित क्षतिपूर्ति भराउन माग दावी गर्दै मुद्दा दायर गरेकाे थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया