क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कारागार चलान

काठमाडौं । जिल्ला आदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई केन्द्रीय कारागार पठाइएको छ ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो । दुवैपक्षका कानुन व्यवसायीले थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा लामिछानेलाई १० देखि १२ वर्षसम्मको कैद सँजाय र अभियुक्तबाट उचित क्षतिपूर्ति भराउन माग दावी गर्दै मुद्दा दायर गरेकाे थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया