कञ्चनपुरमा तीन पूर्वमन्त्रीबीच राेचक प्रतिस्पर्धा
कञ्चनपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चुनावी मैदानमा रहेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की नेत्री बीना मगर चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा भारी मतले विजयी भएकी उनी यसपटक अघिल्लो जीतलाई निरन्तरता दिने दाउमा छिन् ।
विसं २०७४ को निर्वाचनको प्रतिस्पर्धी दल नेपाली कांग्रेस अहिले उनको समर्थनमा छ भने त्यो निर्वाचनका सारथी नेकपा (एमाले) का तर्फबाट तारा लामा तामाङ अहिले उनको प्रतिस्पर्धी छिन ।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा साउदलाई पराजित गरेका एमाले नेता नरबहादुर धामीसित उनको दोस्रोपटक प्रतिस्पर्धा हुँदैछ ।
धामी जीतलाई निरन्तरता दिने रणनीतिमा छन् भने साउद हारको बदला लिने पक्षमा यसपटक देखिएका छन् । विसं २०७४ को निर्वाचनमा धामीको समर्थनमा रहेको माओवादी यसपटक साउदको समर्थनमा छ । यसपटक माओवादीको समर्थनमा हारको बदला दिने दाउमा साउद छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा (एमाले) नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लोपटक एमालेका नेता डा दीपकप्रकाश भट्टसित थोरै मतले पराजित भएका लेखक यसपटक सत्तागठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धी पाललाई यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया