प्रिमियर लिगमा आज हुँदैछन् यी पाँच खेल
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुने भएका छन् ।
साविक विजेता म्यानचेस्टर सिटी र फुलहमबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । खेल राति ८ः४५ का लागि तय छ ।
यी दुवै टिम जितको खोजीमा छन् । सिटीले आजको खेलमा फुलहमलाई पराजित गरेमा शीर्ष स्थानमा उक्लनेछ ।
सिटीका स्टार स्ट्राइकर हुन्, अर्लिङ हालाण्ड । उनी भने चोटका कारण आज मैदानमा देखिनेछैनन् । त्यसो त, उनले चोटकै कारण पछिल्ला दुई खेल गुमाएका छन् ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत नै लिड्स युनाईटेडले बर्नेमाउथको सामना गर्दैछ । नटिङघ फरेस्ट र ब्रेन्टफोर्ड बीचको खेल शनिबारका लागि तय छ । आजै ब्राइटनले उल्भ्सको सामना गर्नेछ ।
अर्को खेलमा एभर्टन र लेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया