श्रीलंकाविरुद्ध इंग्ल्याण्डले पायो १४२ रनको लक्ष्य
काठमाडौं । सेमिफाइनल पुग्न जित्नैपर्ने खेलमा श्रीलंकाविरुद्ध इंग्ल्याण्डले १४२ रनको लक्ष्य पाएको छ ।
श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि २० ओभरमा ८ विकेट गुमाएर श्रीलंकाले १४१ रनमात्रै बनाएपछि जित्नैपर्ने खेलमा इंग्ल्याण्डले न्यून लक्ष्य पाएको हो ।
पाथुम निश्शाकांले ६७ रन बनाउनुबाहेक श्रीलंकाले अरु खेलाडीले राम्रो रन बनाउन नसकेपछि श्रीलंकाले न्यून लक्ष्य दिएको हो ।
भानुका राजापपक्षेले २२ र कुशल मेण्डिसले १८ रन बनाए ।
इंग्ल्याण्डका लागि मार्क उडले तीन विकेट लिए ।
श्रीलंका जित्दा पनि सेमिफाइनल पुग्ने छैन । तर उसकाे जितले अष्ट्रेलियालाई सेमिपफाइनल पुर्याउनेछ ।
इंग्ल्याण्डले श्रीलंकालाई जितेर सात अंक बनाए अष्ट्रेलियालाई रनरेटमा पछि पार्दै अन्तिम चारमा स्थान बनाउनेछ । किनकी अहिले नै रनरेटमा इंग्ल्याण्ड राम्रो अवस्थामा छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया