किन आउँदैछन् चार देशका प्रमुख आयुक्त नेपाल ?
काठमाडौं । चार देशका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने भएका छन् । श्रीलंका र दक्षिण कोरियाबाट भने निर्वाचन आयुक्त आउनेछन् ।
यही मंसिर ४ गतेका लागि तय प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमनका लागि भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त नेपाल आउन लागेका हुन् । ती देशमा हाल क्रमशः राजीव कुमार, काजी हबिबुल अवाल, सोनाम तोब्गे र फुवाद थोफिक प्रमुख निर्वाचन आयुक्त छन् ।
निर्वाचन आयोगले चार देशका प्रमुख निर्वाचन आयुक्त र दुई देशका निर्वाचन आयुक्त चुनाव अनुगमनका लागि आउन लागेको जनाएको छ । जापानको राज्यमन्त्रीस्तरीय टोली पनि आउने सम्भावना छ ।
उनीहरूलाई काठमाडौं उपत्यकाका मतदानस्थल अनुगमन गराउने तयारी छ ।
निर्वाचन अनुगमनका लागि आयोगले नेपालस्थित कूटनीतिक नियोग, विकास साझेदार संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाचन व्यवस्थापनको क्षेत्रमा ख्याति कमाएका अनुभवी व्यक्ति र संस्थालाई आमन्त्रण गरेको थियो । आयोगका अनुसार निर्वाचन अनुगमन गर्न रुस, डेनमार्क र बंगलादेशका वर्यवेक्षक पनि आउनेछन् । यसबाहेक अन्य विभिन्न अन्तर्राष्ट्रिय संस्थाले पनि निर्वाचन अनुगमनको स्वीकृति पाएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया