मिलानसँग स्पेजिया पराजित

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले जित दर्ता गराएको छ ।
शनिबार राति सम्पन्न खेलमा मिलानले स्पेजियामाथि २–१ को जित निकालेको हो ।
हर्नान्डेजले खेलको २१ औं मिनेटमा पहिलो गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । तर ५९ औं मिनेटमा स्पेजियाका डानिलले गोल गरेर खेललाई बराबरीमा ल्याए ।
खेलको ८९ औं मिनेटमा ओलिभर जेरुडले निर्णायक गोल गर्दै मिलानलाई २–१ को जित दिलाए ।
जितसँगै मिलानले १३ खेलमा २९ अंक जोडेको छ ।
प्रतिक्रिया