चिठ्ठा परेको खेलमा बंगलादेशद्वारा पाकिस्तानसामू कमजोर चुनौती पेश
काठमाडौं । दक्षिण अफ्रिका पराजित भएपछि जितेर सेमिफाइनल पुग्ने सकिने खेलमा बंगलादेशले पाकिस्तानलाई कमजोर चुनौती दिएको छ ।
टस जितेर ब्याटिङ गरेको बंगलादेशले पाकिस्तानलाई १२८ रनको मात्रै लक्ष्य दिएको हो । सुरुवात राम्रै गरे पनि बंगलादेशले २० ओभरमा अपेक्षित रन बनाउन नसकेको हो ।
साहिन अफ्रिदीले चार विकेट चड्काएपछि ८ विकेट गुमाएर बंगलादेशले १२७ रन बनाएको हो । अब पाकिस्तानले १२८ रन २० ओभरमा बनाउन सके भारतसँगै सेमिफाइनलको यात्रा तय गर्नेछ ।
बंगलादेशका लागि नजमुल हुसेनले ५४ रन बनाए । अफिफ हुसेनले २० बलमा नटआउट २४ रन र सौम्य सरकारले २० रन बनाउनुबाहेक अरु कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका लागि साधव खानले पनि २ विकेट लिए ।
समूह एबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् । नेदरल्याण्डससँग पराजित भएपछि सहज अवस्थामा हुँदाहुँदै दक्षिण अफ्रिका बाहिरिएको हो । अब पाकिस्तान र बंगलादेशबीचको विजेता सेमिफाइनलमा पुग्नेछन् ।
सेमिफाइनल पुग्ने सहज अवस्था हुँदाहुँदै पनि दक्षिण अफ्रिका टी २० विश्वकपबाट बाहिरिएको छ । चार खेलबाट ५ अंक पहिले नै भएको दक्षिण अफ्रिकालाई अन्तिम अर्थात पाँचौ खेलमा प्रतिद्वन्द्वी पनि कमजोर थियो । अर्थात विश्व क्रिकेटमा खारिएको दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्डस उम्दा टोली थिएन । तर यही नेदरल्याण्डससँग सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिका १३ रनले स्तब्ध हुन पुगेको हो । पहिले ब्याटिङ गर्दै नेदरल्याण्डसले १५८ रन बनाएको थियो । तर १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ८ विकेट गुमाएर १४५ रनमात्रै बनाउन सकेको हो ।
नेदरल्याण्डविरुद्ध दक्षिण अफ्रिकाका बलर पनि हाबी हुन सकेनन् । उसले जम्मा चार विकेट गुमाएर १५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका अनुभवी बलर नै महंगा सावित हुँदा अनुभवी टोलीविरुद्ध नेदरल्याण्डसले सहज जित हात पारेको हो ।
१५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका लागि रिले रुसोको २५ रन नै उच्च रहन पुग्यो । दक्षिण अफ्रिकालाई स्तब्ध पार्न नेदरल्याण्डसका बलरले कसिलो बलिङ गरे ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया