जाडोमा ओठको स्याहार
काठमाडौं । ओठ संवेदनशिल अंग हो । त्यसैले यसको हेरचाह पनि विशेष किसिमले गर्नुपर्छ । अझ गर्मी मौसममा भन्दा जाडोमा यसको हेरचाह विशेष हुन्छ । जाडोमा मौसम चिसो हुने हुँदा यसले हाम्रो शरीका छालालाई बढिमात्रामा सुख्खा बनाउँछ ।
यसले छाला तथा ओठ अत्याधिक फुट्ने गर्छ । त्यसैले ओठ मोइस्चराइज हुन जरुरी छ । त्यसको लागि ओठ सुख्खा हुन दिनु हुँदैन् । जाडो मौसममा ओठ मोइस्चराइज गर्न सधै भ्यासलिन लगाउनुपर्छ ।भ्यासलिनसँगै नरिवल, बदामकाे तेल पनि लगाउँन सकिन्छ । त्यस्तै, कागती र चिनीको मिश्रणले ओठलाई स्क्रब गर्ने गर्नुपर्छ । यसले ओठ सुख्खा हुनबाट जोगाउँछ र नरम बनाउँछ ।
कसैको ओठ कालो छ भने पनि यो स्क्रबले ओठ कालो हुने समस्या बाट छुटकारा दिन्छ । जाठोमा धेरै मानिसहरु पानी नखाने गर्छन् । तर पानीले हाम्रो शरीरलाई हाइड्रेट गर्ने हुँदा जाडो वा गर्मी जुनसुकै समय पनि पानी प्रशस्त पिउनु पर्छ । यसै गरी, ओठ मुलायस राख्न हप्ताको दुई पटक ब्रसको सहायताले सफा गर्ने बानि बसाल्नुपर्छ ।
जाडोमा ओठ सुख्खा हुने समस्या हुँदा लिपस्टिकको छनोट गर्दामोइस्चराइजरयुक्त गर्दा राम्रो मानिन्छ । योसँगै राति सुत्ने बेला लिप बाम दिनहुँ प्रयोग गर्दा ओठमा सुख्खा पन आउँदैन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया