NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक १७ गते

नाटकीय समीकरणमा बंगलादेशमाथि जित हात पार्दै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं । नाटकीय समीकरणमा बंगलादेशमाथि ५ विकेटको जित पार्दै पाकिस्तान टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दक्षिण अफ्रिका नेदरल्याण्डससँग पराजित भएपछिको समीकरणको फाइदा उठाउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाँच खेलबाट ६ अंक बनाउँदै पाकिस्तान सेमिफाइनल पुगेकाे हाे । पाकिस्तानले ११ बल बाँकी हुँदै सेमिफाइनलको बाटो तताएको हो ।

दक्षिण अफ्रिका पराजित भएपछि अन्तिम खेल अगावै भारत पनि समूह २ बाट सेमिफाइनल पुगिसकेको छ ।

१२८ रनको सामान्य लक्ष्य पछ्याउँदा कुनै समय पाकिस्तान धर्मराएको थियो । महम्मद हरिसले १८ बलमा ३१ रन बनाएपछि पाकिस्तान जिततर्फ अघि बढेको थियो । त्यस्तै  सान मसुदले १४ बलमा नटआउट २४ रन बनाउँदा पाकिस्तान जितसम्म पुग्यो ।

साहिन अफ्रिदीले चार विकेट चड्काएपछि ८ विकेट गुमाएर बंगलादेशले १२७ रन बनाएको हो । अब पाकिस्तानले १२८ रन २० ओभरमा बनाउन सके भारतसँगै सेमिफाइनलको यात्रा तय गर्नेछ ।

बंगलादेशका लागि नजमुल हुसेनले ५४ रन बनाए । अफिफ हुसेनले २० बलमा नटआउट २४ रन र सौम्य सरकारले २० रन बनाउनुबाहेक अरु कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका लागि साधव खानले पनि २ विकेट लिए ।

पाकिस्तानको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । समूह १ बाट न्युजिल्याण्ड र इंग्ल्याण्ड तथा समूह २ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।