निर्वाचन खर्चको अनुगमन अख्तियारमार्फत
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि निर्वाचन खर्चको विशेष अनुगमन गर्ने भएको छ ।
मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले गर्ने खर्च र प्रयोग गर्ने सवारीसाधनलगायतका विषयमा गहिरो अनुगमन गर्न निर्वाचन आयोगले अख्तियारलाई अनुगमन गरिदिन विशेष निर्णय गरेको हो । उसले पत्र पठाएर निर्वाचनको अनुगमन गरिदिन आग्रह गरेको स्रोतले जनाएको छ ।
निर्वाचनमा कालोधनको प्रयोग गरेर राजनीतिक दल तथा उम्मेदवारहरूले धाँधली गर्ने थाहा पाएपछि आयोगले कडा निर्णय लिएको हो । चुनाव खर्च अपारदर्शी भभएपछि निर्वाचन महगिँदै गएको टिप्पणी हुँदै आएको छ । स्वच्छ, निष्पक्ष भनिएको निवाृचनमा कालोधन प्रयोग भएर निर्वाचनको स्वच्छतामै प्रहार हुँदै आएको छ ।
अख्तियारलाई नै किन निर्वाचन अनुगमनमा खटाउन आग्रह गर्ने निर्णय गरियो ? भन्ने प्रश्नमा निर्वाचन आयोगको उच्च स्रोतले भन्यो, ‘अख्तियारले विशेष रूपमा निर्वाचन खर्च गर्न सक्छ । त्यसैले अख्तियारलाई चुनावको अनुगमन गरिदिन आग्रह गर्ने निर्णय भएको छ ।’
यसअघि निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको निगरानी गर्न प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गर्ने निर्णय गरेको थियो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया