सलाह चम्किँदा लिभरपुल विजयी
काठमाडौं । लिभरपुलले टोटेनहमलाई पराजित गर्दै जित हासिल गरेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो ।
लिभरपुलका लागि मोहम्मद सलाहले दुवै गोल गरे । ११ औं मिनेटमा पहिलो गोल गर्दै लिभरपुललाई प्रारम्भिक अग्रता दिलाएका उनले ४० औं मिनेटमा अर्को गोल गर्दै २–० को अग्रता कायम गरे ।
खेलको ७० औं मिनेटमा टोटेनहमका लागि ह्यारी केनले शान्त्वना गोल गरे । टोटेनहमले खेल बराबरीमा ल्याउन यसपछिको समय अधिक प्रयास गरे पनि सफल हुन सकेन ।
लिभरपुल १३ खेलमा १९ अंक जोड्दै आठौं स्थानमा छ भने टोटेनहम २६ अंकका साथ चौथो स्थानमा छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया