NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

सलाह चम्किँदा लिभरपुल विजयी

काठमाडौं । लिभरपुलले टोटेनहमलाई पराजित गर्दै जित हासिल गरेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो ।

लिभरपुलका लागि मोहम्मद सलाहले दुवै गोल गरे । ११ औं मिनेटमा पहिलो गोल गर्दै लिभरपुललाई प्रारम्भिक अग्रता दिलाएका उनले ४० औं मिनेटमा अर्को गोल गर्दै २–० को अग्रता कायम गरे ।

खेलको ७० औं मिनेटमा टोटेनहमका लागि ह्यारी केनले शान्त्वना गोल गरे । टोटेनहमले खेल बराबरीमा ल्याउन यसपछिको समय अधिक प्रयास गरे पनि सफल हुन सकेन ।

लिभरपुल १३ खेलमा १९ अंक जोड्दै आठौं स्थानमा छ भने टोटेनहम २६ अंकका साथ चौथो स्थानमा छ ।