प्यूठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते
काठमाडौं । प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने एक दर्जन घाइते भएका छन् ।
जिल्लाको बिजुवारबाट पूर्णगाउँतर्फ गइरहेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५, पूर्णगाउँनजिक कुडापानीमा दुर्घटना भएको हो ।
घटनामा प्युठान नगरपालिका–५, पातलकटेरीका खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही स्थानकी महिमा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानले जनाएको छ ।
घटनामा १२ जना घाइते भएका छन् । यसमध्ये ६ को अवस्था गम्भीर छ । उनीहरूलाई उद्धार गरेर बिजुवार अस्पताल पुर्याइएको छ ।
सडकबाट अनियन्त्रित भई जिप अन्दाजी १५० मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया