प्यूठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते
काठमाडौं । प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने एक दर्जन घाइते भएका छन् ।
जिल्लाको बिजुवारबाट पूर्णगाउँतर्फ गइरहेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५, पूर्णगाउँनजिक कुडापानीमा दुर्घटना भएको हो ।
घटनामा प्युठान नगरपालिका–५, पातलकटेरीका खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही स्थानकी महिमा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानले जनाएको छ ।
घटनामा १२ जना घाइते भएका छन् । यसमध्ये ६ को अवस्था गम्भीर छ । उनीहरूलाई उद्धार गरेर बिजुवार अस्पताल पुर्याइएको छ ।
सडकबाट अनियन्त्रित भई जिप अन्दाजी १५० मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया