टी–२० विश्वकप : मैदान प्रवेश गर्ने दर्शकलाई १० लाख जरिवाना !
काठमाडौं । समूह २ मा भारत र जिम्बाबेबीचको खेलमा मैदानमा प्रवेश गर्ने समर्थकलाई १० लाख ४३ हजार जरिवाना गरिएको छ ।
दुई देशबीच खेल भइरहेका बेला एक भारतीय समर्थक भारतीय झण्डा बोकेर कप्तान रोहितसमक्ष पुगेका थिए । सुरक्षा घेरा पार गरी मैदानभित्र प्रवेश गरेका समर्थकले रोहितलाई अँगालो मारी भावुक बनेका थिए ।
सुरक्षाकर्मीले पछि बल प्रयोग गरेर उनलाई बाहिर पठाउन कोसिस गरे । तर रोहितले ती भारतीय समर्थकलाई सम्झाएर मैदानबाट बाहिर पठाए ।
सो खेलमा भारत ७१ रनले विजयी भएको थियो । खेल दौरान आफ्नो मन पर्ने खेलाडीसमक्ष पुगेका ती भारतीय समर्थकले चर्को मूल्य चुकाउनुपर्ने भएको छ । आइसिसीको नियम तोडेका कारण भारतीय समर्थकले १० लाख ४३ हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।
सिड्नी क्रिकेट मैदानमा व्यवस्थापकले मैदान सुरक्षामाथि आँच आउने गतिविधि गरेको आरोपमा भारतीय समर्थकलाई जरिवाना तोकेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया