टी–२० विश्वकप : मैदान प्रवेश गर्ने दर्शकलाई १० लाख जरिवाना !
काठमाडौं । समूह २ मा भारत र जिम्बाबेबीचको खेलमा मैदानमा प्रवेश गर्ने समर्थकलाई १० लाख ४३ हजार जरिवाना गरिएको छ ।
दुई देशबीच खेल भइरहेका बेला एक भारतीय समर्थक भारतीय झण्डा बोकेर कप्तान रोहितसमक्ष पुगेका थिए । सुरक्षा घेरा पार गरी मैदानभित्र प्रवेश गरेका समर्थकले रोहितलाई अँगालो मारी भावुक बनेका थिए ।
सुरक्षाकर्मीले पछि बल प्रयोग गरेर उनलाई बाहिर पठाउन कोसिस गरे । तर रोहितले ती भारतीय समर्थकलाई सम्झाएर मैदानबाट बाहिर पठाए ।
सो खेलमा भारत ७१ रनले विजयी भएको थियो । खेल दौरान आफ्नो मन पर्ने खेलाडीसमक्ष पुगेका ती भारतीय समर्थकले चर्को मूल्य चुकाउनुपर्ने भएको छ । आइसिसीको नियम तोडेका कारण भारतीय समर्थकले १० लाख ४३ हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।
सिड्नी क्रिकेट मैदानमा व्यवस्थापकले मैदान सुरक्षामाथि आँच आउने गतिविधि गरेको आरोपमा भारतीय समर्थकलाई जरिवाना तोकेको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया