NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

नीर्जीवन बीमा कम्पनीले असोजसम्ममा उठाए पौने ११ अर्ब बीमा शुल्क, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनासम्ममा नीर्जीवन बीमा कम्पनीहरूले व्यवसायबाट १० अर्ब ८४ करोड २४ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा कम्पनीहरूले ६ लाख ८९ हजार ४६८ वटा बीमालेख जारी गरी सो बीमा शुल्क संकलन गरेका हुन् ।

असोजमा  मात्रै २ अर्ब ९६ करोडको व्यवसाय

चालु आवको असोजमा मात्रै कम्पनीहरूले व्यवसायबाट २ अर्ब ९६ करोड ७ लाख बीमा शुल्क संकलन गरेका छन् । उक्त अविधमा कम्पनीहरूले २ लाख ४४ हजार ९७ वटा बीमालेख जारी उक्त सोही बराबरको रकम संकलन गरेको हो ।

कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । चालु आवको असोजसम्ममा शिखरले सबैभन्दा धेरै १ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । शिखरले असोजमा मात्रै ३४ करोड ७६ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले असोजमा मात्रै २८ करोड ८६ लाख बीमा शुल्क संकलन गरेको छ । सो कम्पनीले असोज महिनासम्ममा भने कुल ८२ करोड ८४ लाख  बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले असोजमा मात्रै २६ करोड ४७ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सो कम्पनीले असोजसम्ममा भने कुल ८५ करोड २१ लाख बीमा शुल्क संकलन गरेका छन् ।

यस्तो छ कम्पनीहरूको असोजसम्मको बीमा शुल्क विवरण :

ताजा अपडेट

नेपालवाच विशेष