जाडोमा कपडाको एलर्जीबाट कसरी बच्ने ?
काठमाडौं । जाडो आएसँगै चिसो बढ्दै गइरहेको छ । चिसोबाट बच्न व्यक्ति जाडो मौसममका लुगा खोच्न थालेका छन् । बाक्लो लुगा हामी जाडो आएपछि मात्र खोज्ने गछौं । तर त्यसरी धेरै महिनासम्म स्टोर गरेर राखेका लुगाले एलर्जी हुने जोखिम उच्च हुन्छ ।
यो सँगै बाक्लो कपडाले पनि छाला सुख्खा हुने, दाग देखापर्ने, चिलाउने आदी समस्या हुनसक्छ । यसबाट बच्न हामीले जाडोको लुगा लगाउँदा ध्यान दिन जरुरी छ । जाडोका लुगा लगाउनुभन्दा अगाडी कम्तिमा एक दिन धोएर घाममा सुकाउनुपर्छ । त्यसै गरी लुगा लगाउँनु पहिले राम्रो सिरम तथा लोसन शरीरमा लगाउनुपर्छ ।
जसले शरीर चिलाउने तथा रातो हुने समस्याबाट जोगिन सकिन्छ । हामीले बाक्लो लुगा लगाउँदा सुतीको कपडा माथि लगाउनुपर्छ यसले बाक्लो लुगामा हुने ऊन छालासँग प्रत्यक्ष सम्पर्कमा आउन सक्दैन् र एलर्जी हुनबाट जोगाउँछ । हरेक दिन लगाएको लुगा नधुई पुन : प्रयोग गर्नु हुँदैन् । लुगा लामो समय नधोइ लगाएमा यसले शरीरमा विभिन्न समस्या देखापर्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया