२ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडाैं । केन्द्रीय बैंकले आन्तरिक ऋण निष्कासन गर्ने तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ ।
तालिकाअनुसार राष्ट्र बैंकले दोस्रो त्रैमासिकमा ३० अर्ब, तेस्रोमा त्रैमासिकमा ८८ अर्ब र चौंथोमा त्रैमासिकमा एक खर्ब ३८ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।
केन्द्रीय बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउन लागेको जनाइएको छ ।
केन्द्रीय बैंकले १ खर्ब ५० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल, १ खर्ब विकास ऋणपत्र, ५ अर्ब नागरिक बचतपत्र र १ अर्ब वैदेशिक रोजठगार बचतपत्रमार्फत आन्तरिक ऋण उठाउने भएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया