विश्वकपमा सनलाई पनि देखिने
काठमाडौं । दक्षिण कोरियाली फरवार्ड सन ह्युङ-मिनलाई केही समयअघि चोट लाग्यो । त्यसैले उनले विश्वकप गुमाउने हुन् कि भन्ने दक्षिण कोरियालाई परेको थियो । तर उनी विश्वकपमा फर्किने भएका छन् ।
सनले आफ्नो सुन्दर देशको प्रतिनिधित्व गर्न व्यग्र प्रतीक्षामा रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘आफ्नो देशका निम्ति विश्वकप खेल्नु सबैको सपना हुन्छ । त्यस्तै एउटा मेरो पनि छ । विश्वकै लागि म यो गुमाउन चाहन्नँ । छिट्टै भेटौंला ।’
टोटेनहमका परवार्ड सन् कोरियाली टिमका कप्तान हुन् । उनले १०६ अन्तर्राष्ट्रिय खेलमा ३५ गोल गरिसकेका छन् । पछिल्ला ९ खेलमा उनले ९ गोल गरेका छन् ।
३० वर्र्षीय सन् मार्सेका डिफेन्डर चान्सेल एम्बेमासँग ठोक्किएर घाइते भएका थिए । उनको आँखानिरको हाँड भाँचिएकोमा शल्यक्रिया आवश्यक भएको बताइएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया