विश्वकपमा सनलाई पनि देखिने

काठमाडौं । दक्षिण कोरियाली फरवार्ड सन ह्युङ-मिनलाई केही समयअघि चोट लाग्यो । त्यसैले उनले विश्वकप गुमाउने हुन् कि भन्ने दक्षिण कोरियालाई परेको थियो । तर उनी विश्वकपमा फर्किने भएका छन् ।
सनले आफ्नो सुन्दर देशको प्रतिनिधित्व गर्न व्यग्र प्रतीक्षामा रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘आफ्नो देशका निम्ति विश्वकप खेल्नु सबैको सपना हुन्छ । त्यस्तै एउटा मेरो पनि छ । विश्वकै लागि म यो गुमाउन चाहन्नँ । छिट्टै भेटौंला ।’
टोटेनहमका परवार्ड सन् कोरियाली टिमका कप्तान हुन् । उनले १०६ अन्तर्राष्ट्रिय खेलमा ३५ गोल गरिसकेका छन् । पछिल्ला ९ खेलमा उनले ९ गोल गरेका छन् ।
३० वर्र्षीय सन् मार्सेका डिफेन्डर चान्सेल एम्बेमासँग ठोक्किएर घाइते भएका थिए । उनको आँखानिरको हाँड भाँचिएकोमा शल्यक्रिया आवश्यक भएको बताइएको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया